Seller Avatar

Marketplace Seller

Online

टेकपाना
टेकपाना

यो उपलब्ध छ ? (स्वतः पठाइएको मेसेज)

स्क्यामर
स्क्यामर

छ, तपाईं इच्छुक हुनुहुन्छ ? (स्वतः पठाइएको मेसेज)

टेकपाना
टेकपाना

प्रयोग भइसकेको हो कि नयाँ हो ?

स्क्यामर
स्क्यामर

नयाँ हो ।

टेकपाना
टेकपाना

कता हुनुहुन्छ ? भेटेरै लिन सकिन्छ ?

स्क्यामर
स्क्यामर

मूल्य रु. ९८ हजार हो । नेपालभरि डेलिभरी हुन्छ ।

टेकपाना
टेकपाना

बर्दियामा हुन्छ ?

स्क्यामर
स्क्यामर

हुन्छ हजुर ! अर्डर पक्का गर्नका लागि तपाईंको नाम, ठेगाना र सम्पर्क नम्बर दिनुहोला ।

टेकपाना
टेकपाना

कति दिन लाग्छ ?

(व्यक्तिगत विवरण दिन बेवास्ता गर्दै)
स्क्यामर
स्क्यामर

२४ घण्टाभित्र डेलिभरी हुन्छ । तर, अर्डर बुक गर्नका लागि सुरुमा करिब पाँच हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ सर ।

टेकपाना
टेकपाना

'क्याश अन डेलिभरी' हुँदैन ? हुन्छ भने म किन्छु ।

स्क्यामर
स्क्यामर

माफ गर्नुहोला सर । पहिला अर्डर पक्का गर्नुपर्छ ।

टेकपाना
टेकपाना

अनि अग्रिम भुक्तानी गरिसकेपछि सामान ट्र्याक गर्न मिल्छ ?

स्क्यामर
स्क्यामर

मिल्छ ।

टेकपाना
टेकपाना

के-के विवरण दिनुपर्छ ?

स्क्यामर
स्क्यामर

पहिला अर्डर बुक गर्न पाँच हजार रुपैयाँ जति भुक्तानी गर्नुपर्छ सर । अनि नागरिकताको फोटो पठाउनुहोला । अर्डर पक्का गर्न नाम, ठेगाना र सम्पर्क नम्बर दिनुहोला ।

टेकपाना
टेकपाना

नागरिकता किन चाहियो ? पैसा त फोन पाएपछि नै दिन्छु, हुन्न ?

स्क्यामर
स्क्यामर

अर्डर पक्का गर्न पाँच हजारजति भुक्तानी गर्नुपर्छ ।

टेकपाना
टेकपाना

फोनसँगै के-के आउँछ ?

स्क्यामर
स्क्यामर

चार्जर, हेयर वर्ड्स (AirPods लाई गलत उच्चारण गर्दै) ।

टेकपाना
टेकपाना

के हो यो 'हेयर वर्ड्स' भनेको ?

स्क्यामर
स्क्यामर

एयर बड्स भनेको ब्लुटुथ हो हजुर (भ्वाइस मेसेजमा) । भुक्तानी गरेको रसिद पठाउनुहोला ।

त्यसपछि स्क्यामरले ई-सेवाको क्यूआर कोड पठाउँछ, जसलाई मेसेन्जरले तुरुन्तै 'सम्भावित स्क्याम' भनेर सचेत गराउँछ ।
टेकपाना
टेकपाना

डेलिभरी कहाँबाट गर्ने हो ?

स्क्यामर
स्क्यामर

बाइकबाट ।

टेकपाना
टेकपाना

ठाउँको नाम भनेको !

स्क्यामर
स्क्यामर

पहिला अर्डर पक्का गर्नुपर्छ ।

टेकपाना
टेकपाना

नबुझिकन कसरी अर्डर गर्ने ?

स्क्यामर
स्क्यामर

पहिला अर्डर गर्नुस्, अनि पाँच हजार पठाउनुस् । अरू विवरण त्यसपछि आउँछ । पैसा पठाउनेबित्तिकै डेलिभरी भइहाल्छ । तपाईंलाई चित्त बुझेन भने फिर्ता पनि हुन्छ ।

त्यसपछि स्क्यामर सम्पर्कविहीन हुन्छ ।